सोमबार, असार २३, २०८२

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपा र राप्रपाले गरे सदन अवरोध, बैठक १५ मिनेट स्थगित

नेपालखोज २०८० असार ३१ गते १६:३८

काठमाडौं । विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले वेल घेराउ गरेपछि सभामुखले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका छन् ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

प्रतिक्रिया