विश्वभर बढदैछ सर्पले टोक्ने घटना

विश्व सर्प दिवस हिजो १६ जुलाईका दिन विश्वभर मनाइयो भने छिमेकी मुलुक भारतलाई सर्पदंशको राजधानी मानिन्छ । यसको कारण भारतमा विश्वमा सबैभन्दा धेरै सर्पले टोक्ने घटना घटनु हो ।
एक अनुमान अनुसार हरेक वर्ष विश्वभर ७८ हजारदेखि १ लाखसम्म सर्पले टोकेका घटना घटने गरेका छन । तीमध्ये करिब ६४ हजार केस भारतमा मात्र हुन्छन् ।
३५ हजार भन्दा बढी प्रजातिका सर्प
के तपाईलाई थाहा छ संसारमा ३,५००० भन्दा बढी प्रजातिका सर्प छन् ? यी ३,५०० प्रजातिका सर्प मध्ये ६०० प्रजातिका सर्प मात्र विषालु हुन्छन् । यसको अर्थ २५ प्रतिशत मात्र सर्प विषालु हुन्छन् । विशेष कुरा के छ भने यी मध्ये २०० प्रजाति मात्र यस्ता छन् जसले मानव जीवनका लागि पनि ठूलो खतरा खडा गर्छन । यसको अर्थ सर्पहरू हामीले सोचेको जस्तो चिन्ताजनक वा डरलाग्दा छैनन भन्ने हो ।
खास कुरा सर्पले टोक्नु चिन्ताको विषय हो । सर्पदंशको यो मुद्दा जनस्वास्थ्यसँग सम्बन्धित छ। सर्पदंशका कारण भारतमा वर्षेनी करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ । तर, जब हामी सर्पको टोकाइका बारेमा कुरा गर्छौं तब हामी सर्प पनि वन्यजन्तुको एक भाग हो भन्ने कुरा बिर्सन्छौ ।
सर्पको टोकाईको चर्चाको बिचमा सर्पको प्रजाति संरक्षणको महत्वलाई ओझेलमा पारिन्छ ।
सबैभन्दा विषालु सर्प
जब हामी विषालु सर्पहरूको प्रजातिका बारेमा कुरा गर्छौं, ती मध्ये चारवटा सर्प घातक रुपमा विषालु छन् – कोब्रा (नाजा नाजा), सामान्य क्रेट (बंगारस क्यारुलियस), रसेलको भाइपर (डाबोया रसेली) तथा स-स्केल्ड भाइपर (इचिस क्यारिनेटस)। सर्पको टोकाइबाट हुने मृत्युको सबैभन्दा बढी जिम्मेवार यीनीहरु नै हुन् ।
ग्रामीण क्षेत्रमा सबैभन्दा बढी घटना
यसअघिका धेरै अध्ययनहरूमा के खुलासा भएको छ भने सर्पले टोक्ने अधिकांश घटना ग्रामीण क्षेत्रमा हुने गरेका छन । यसमा पनि किसान र दैनिक ज्यालादारी गर्ने मजदुर सर्पको सबैभन्दा बढी सिकार हुने गरेका छन् ।
खेतमा काम गर्दा वा काम गर्ने क्रममा सर्पदंशका घटना बढी हुने गरेको छ । ह्युमन सोसाइटी इन्टरनेशनल इन्डियाका वन्यजन्तु निर्देशक सुमन्त विन्दुमाधव भन्छन् – सर्पदंश एउटा यस्तो समस्या हो जसले परिवारको मुख्य कमाउने ब्यक्तिलाई असर गर्छ।








प्रतिक्रिया