‘धनी र गरिबको विभाजनले गरिबीको समस्या थप बढ्दो’

काठमाडाैं । विश्व बैंकका प्रमुख अजय बङ्गाले धनी र गरिब राष्ट्रबीचको बढ्दो विभाजनले विकासशील मुलुकमा गरिबी बढ्ने खतरा रहेको बताएका छन् । विश्व बैंकका अध्यक्ष बङ्गाले प्रगतिको अभावमा विश्व अर्थतन्त्र टुक्रिने खतरा रहेको बताएका हुन् ।
ग्लोबल साउथ भन्नाले अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन तथा एशिया र ओशिनियाका क्षेत्रलाई बुझिन्छ । धेरै देशहरू अझै पनि कोरोनाभाइरस महामारीको दोहोरो प्रहार र युक्रेनमा रूसको युद्धको परिणामबाट उठ्ने क्रममा रहेका समय यो चेतावनी आएको हो । कोरोना भाइरस महामारी र रूस–युक्रेन युद्धले विश्वव्यापी ईन्धन र वस्तुहरूको मूल्यमा असर पारेको छ । यसैबीच, जलवायु परिवर्तनले सबैभन्दा कम सामना गर्न सक्ने केही गरिब देशहरूलाई सबैभन्दा पीडादायी रूपमा असर गरिरहेको छ ।
रूसले गएको सोमबार काला सागर हुँदै युक्रेनी खाद्यान्न निर्यात गर्न दिने सम्झौता लम्ब्याउन अस्वीकार गरेपछि संयुक्त राष्ट्रसङ्घले विश्वका गरिब मुलुकका लाखौं जनताले ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको हो । दक्षिण अफ्रिकाका अर्थमन्त्री हनोक गोडोङवानाले खाद्य वस्तुको मूल्यमा यसको असर पर्न सक्ने चेतावनी दिएका छन् ।
जर्मनीको केन्द्रीय बैंकका प्रमुख जोआचिम नागेलले एएफपीसँग भने, ‘कमजोर देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गर्नु ‘वास्तवमै अनौठो’ कुरा हो ।’ बङ्गाले एएफपीसँग भने, ‘प्रतिज्ञा गरिएका स्रोतहरू युक्रेनको पुनः निर्माणमा मोडिनेछन् भनी उनीहरू चिन्तित छन् । जब निराशाहरू बढ्छन् उनीहरूलाई लाग्छ कि ऊर्जा नियमहरू समान रूपमा लागू हुँदैनन् । महत्वाकाङ्क्षालाई बाधा पु¥्याउँछन् गरिबीको समस्याले अर्को पुस्तालाई अझ तल झार्नेछ भन्नेतर्फ उनीहरू चिन्तित छन् ।
विश्व बैंकले आफ्नो वित्तीय क्षमता बढाउनका लागि काम गरिरहेको बताएको छ, जसमा शेयरधनीहरूबाट ‘हाइब्रिड’ पुँजी वृद्धि गरेर रोजगारीलाई बढावा दिन सकिन्छ, तर भविष्यको अर्थव्यवस्था वातावरणको मूल्यमा विस्तारमा निर्भर हुन सक्दैन । ‘सरल सत्य यो हो कि हामी उत्सर्जन–गहन वृद्धिको अर्को अवधि सहन सक्दैनौं,’ बङ्गाले भने । संयुक्त राज्य अमेरिकाले विश्व बैंक र अन्य क्षेत्रीय संस्थाहरू जस्ता बहुपक्षीय ऋणदाताहरूको सुधारको प्रयासले आगामी दशकमा २०० अर्ब डलरको व्यवस्था गर्न सक्ने बताएको छ । rss








प्रतिक्रिया