मंगलबार, पुष १, २०८२

श्रीमती बोकेर दौडने प्रतिस्पर्धा

नेपालखोज २०८० साउन ३ गते १५:५५

काठमाडाैं । क्यानाडामा स्क्यान्डिनेभियन मिडसमर फेस्टिभलको समयमा एउटा दौड प्रतियोगिता भएको थियो जसमा धेरै देशका मानिसहरूले भाग लिएका थिए। यो प्रतियोगितामा श्रीमानले श्रीमतीलाई काँधमा बोकेर दौडनु पर्ने हुन्छ भने यो दौडमा धेरै अवरोधहरू पनि हुन्छन् ।

यो प्रतियोगितामा विश्वका धेरै देशका मानिसहरु सहभागी हुन्छन् र विजेताले श्रीमतीको तौल बराबरको बियर प्राप्त गर्छन् ।यसपटकको प्रतियोगितामा युक्रेनका एरिक बलाइडा तथा रुसकी एना स्टोनकोभिच विजयी घोषित भए । यी दुई श्रीमान्–श्रीमती होइनन् साथी हुन् । एरिकले पुरस्कारमा अन्नाको तौल बराबर ५१ किलो बियर पाए । यो प्रतियोगिता फिनल्याण्डबाट सुरु भएपनि अहिले धेरै देशमा आयोजना भैरहेको छ ।

प्रतिक्रिया