विमानस्थलबाट भन्सार छली ल्याइएका सुन बरामद, दुई जना पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो गोदाममा छापा मार्दा भन्सार छली ल्याइएका सुन बरामद गरिएको छ ।
बुधबार साँझ मारिएको छापाबाट ठूलो परिमाणमा सुन बरामद गरिएको बताइएको छ । ‘विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ’, छापा मार्न संलग्न स्रोतले बतायो ।
सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो ।
अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट भित्र सुनका ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन ।
सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरीले बताएको छ । कार्गोबाट भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया