आइतबार, असार ८, २०८२

एकीकृत समाजवादीको महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय

नेपालखोज २०८० साउन ५ गते २१:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने सहमति जुटाएको छ । तर महाधिवेशनको मिति भने अब बस्ने केन्द्रीय कमिटी बैठकले तोक्नेछ ।

केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसका लागि सो पार्टीले साउन १५ गते सचिवालय बैठक, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिट्ब्यूरो बैठक तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय सचिवालय बैठकले गरेको छ । साउन १५ भित्र अहिले सचिवालय बैठकमा भएका छलफललाई मर्त रुप दिने पनि सो पार्टीले जनाएको छ ।

बैठकमा राजनीतिक र वैचारिक विषयमा छलफल भएको छ भने राष्ट्रिय इस्युमा एकीकृत धाराणा बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया