आइतबार, पुष ६, २०८२

कुन देशसँग कति सैन्य शक्ति छ ?

नेपालखोज २०८० साउन ६ गते १२:५५

काठमाडाैं । ग्लोबल फायर पावर एउटा डाटा बेस वेबसाइट हो जसले विश्वव्यापी रक्षा जानकारीहरुको अनुगमन गर्दछ । यो वेबसाइटले विश्वको सैन्य सन्तुलनको नयाँ सूची जारी गरेको छ। यो सूची अनुसार पहिलो स्थानमा रहेको अमेरिका विश्वको सबैभन्दा बलियो सैन्य शक्ति हो । यो सूचीमा रुस दोस्रो र चीन तेस्रो स्थानमा छन भने भारत चौथो र बेलायत पाँचौं स्थानमा छन।

ग्लोबल फायर पावरले जारी गरेको ‘मिलिटरी स्ट्रेन्थ इन्डेक्स – २०२३’ मा ६० भन्दा बढी कारकका आधारमा सैन्य शक्तिको मूल्याङ्कन गरिएको छ । प्रत्येक देशलाई सैन्य इकाइहरूको संख्या र वित्तीय स्थितिदेखि लजिस्टिक क्षमता तथा भौगोलिक स्थानसम्मका वर्गमा स्कोर गरिन्छ । यो प्रतिवेदनले १४५ देशलाई सूचीबद्ध गरेको छ र प्रत्येक देशको श्रेणीमा वार्षिक परिवर्तनको तुलना गरिन्छ ।

यो सूचीको शीर्ष दस मध्ये शीर्ष चार देश पहिलेकै स्थानमा छन् । गत वर्ष जस्तै यो वर्ष पनि अमेरिका पहिलो, रुस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा छन । गत वर्ष बेलायत आठौं स्थानमा थियो जुन यसपटक पाँचौंमा आएको छ । दक्षिण कोरिया गत वर्ष जस्तै छैटौं स्थानमा छ । गत वर्ष पाकिस्तान नवौं स्थानमा थियो भने यसपटक नवौंबाट सातौं स्थानमा उक्लिएको छ ।
जापान र फ्रान्स गत वर्ष पाँचौं र सातौं स्थानबाट यस पटक आठौं र नवौं स्थानमा झरेका छन्। यो सूचीमा इटालीको सेना दशौं स्थानमा छ ।

भुटान सबैभन्दा कम सैन्य शक्ति भएको राष्ट्र

ग्लोबल फायर पावरको सूचीमा समावेश १४५ देशमध्ये भुटान सैन्य रूपमा सबैभन्दा कम शक्तिशाली देश हो। यो सुचिको तल्लो क्रममा भुटान १४५ औँ, बेनिन १४४ औँ, मोल्डोभा १४३, सोमालिया १४२ र लाइबेरिया १४१ औँ स्थानमा छन् ।

यस सूचीमा सुरिनाम १४०औँ, बेलीज १३९औँ र पश्चिम अफ्रिकी देश सियरा लियोन १३८औँ स्थानमा छन भने आइसल्याण्ड १३७औँ र मध्य अफ्रिकी गणतन्त्र १३६औँ स्थानमा छन ।

प्रतिक्रिया