मेक्सिकोमा बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु, ५३ घाइते
नेपालखोज
२०८० साउन ६ गते २२:३३

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा यात्रुबाहक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य ५३ जना घाइते भएका स्थानीय महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार जनाएको छ ।
स्थानीय समयअनुसार बिहान १ः०० बजे ला पिडाड–भिस्टा हर्मोसा राजमार्ग अन्तर्गत युरेकुआरो शहर नजिकै दुर्घटना भएको कार्यालयले जनाएको छ ।
‘बाजा क्यालिफोर्नियाको सान क्विन्टिनबाट ओक्साकातर्फ जाँदै गरेको एउटा यात्रुबाहक बसले किराना सामान बोकेका दुईवटा खाली बाकससहितको ट्याक्टरट्रेलरलाई ठक्कर दिँदा आगलागी भएको र आगलागीबाट जलेर बसमा यात्रारत व्यक्तिको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
दुवै सवारी साधनका चालकसहित छ जनाको मृत्यु भएको छ । मृतकको शव पहिचानका लागि फरेन्सिक सेन्टरमा लगिएको छ ।
सम्बन्धित








प्रतिक्रिया