आइतबार, पुष ६, २०८२

भवन भत्किँदा सैतिस जनाले ज्यान गुमाए

नेपालखोज २०८० साउन ९ गते ११:४९

याउण्डे । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् ।

भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् ।

प्रतिक्रिया