आइतबार, असार २२, २०८२

राजश्व अनुसन्धान विभागले बरामद गर्‍याे ‘ब्रेक शु’

नेपालखोज २०८० साउन १० गते २१:३०

काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ ।

बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो । 

भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ । ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया