उत्तर अमेरिका र एसिया मिलेर नयाँ सुपरमहाद्वीप बन्ने

हाम्रो पृथ्वीमा सात वटा महादेश छन् तर भविष्यमा यो संख्या परिवर्तन हुन सक्छ। भूभौतिकशास्त्री रस मिचेलले हालसालै आफ्नो नयाँ पुस्तक सार्वजनिक गरेका छन्।
‘द नेक्स्ट सुपरकन्टिनेन्ट’ शीर्षकको यो पुस्तकले विगतका बारेमा मात्र नभई भविष्यका बारेमा पनि कुरा गर्छ । यसले सबै महाद्वीप एउटै विशाल भू-भागमा विलय हुँदा पृथ्वी कस्तो देखिन्छ भनेर वर्णन गर्दछ । मिचेलले विगतमा महाद्वीपहरू कसरी एकताबद्ध भएर सुपरमहाद्वीपहरूु गठन गरे भन्ने इतिहासमा पनि प्रकाश पार्छन्।
मिचेलका अनुसार ३०० र २०० लाख वर्ष पहिले वर्तमान अफ्रिका वरिपरि केन्द्रित पैन्जिया (Pangea) नामको सुपर सुपरकन्टिनेन्ट थियो जुन डायनासोरहरूले भरिएको हरियो संसार थियो। यो भन्दा धेरै पछाडि जाँदा, हामीले एक अरब वर्ष पहिले रोडिनियाको साक्षातकार गर्नसक्छौं , एक बाँझो भू-भाग जसमा हालको उत्तरी अमेरिका र ग्रीनल्याण्डको धेरै भाग समावेश छ । यसैगरि दुई अरब वर्ष पहिले साइबेरिया(केन्द्रित सुपरमहाद्वीप कोलम्बिया थियो भन्ने कुरामा केही वैज्ञानिकहरू विश्वास गर्छन् ।
महाद्वीपहरू कसरी सर्छन् रु महाद्वीपहरूको चाल बुझ्न सूक्ष्म अनुसन्धान आवश्यक छ। वैज्ञानिकहरूले फिल्डवर्क मार्फत नमूनाहरू सङ्कलन गर्छन् र चट्टानको उमेर निर्धारण गर्छन् ।
सुपरमहाद्वीपको गठन र विभाजन एक ठोस तर लचिलोु मेन्टल (Mantle) सँग सम्बन्धित छ। मेन्टल पृथ्वीको क्रस्ट र कोर बीचको तह हो जसले गर्मी भण्डार गर्दछ। मेन्टलमा गर्मी बढेपछि महाद्वीपहरु चलायमान हुने गरेको पुस्तकमा उल्लेख छ ।
महाद्वीपहरू मेन्टलमा अन्य भागहरू भन्दा अपेक्षाकृत चिसो ठाउँहरू तिर सर्छन् ।
अर्को महाद्वीपको भविष्यवाणी
यसरी महाद्वीपहरू एकअर्कासँग ठोक्किएर नयाँ महामहाद्वीपको जन्म हुन्छ । इतिहासको यो ज्ञान र मेन्टलले कसरी काम गर्छ भन्ने बुझाइ प्रयोग गर्दै मिचेलले अमासियाु अर्को महाद्वीपको रूपमा भविष्यवाणी गरेका छन् ।
मिचेलको दावी अनुसार यो आर्कटिक महासागर गायब भएर गठन हुनेछ। उनको भविष्यवाणी अनुसार उत्तरी अमेरिका र एसियाको विलयबाट अमासिया बन्नेछ । मिचेलको यो भविष्यवाणी सत्य हो कि होइन भन्ने कुरा थाहा पाउन भने लाखौं वर्ष लाग्नेछ ।








प्रतिक्रिया