शनिबार, वैशाख १३, २०८२

म अछुत हुँ

भुइँमान्छे २०८० साउन १३ गते ९:३८

चोखा
हौकी
छुइने
देउसराले सोधिन
के जवाफ दिऊ
अलमल्ल परे
रानागाउँको उकालो चढ्दा
तिर्खाएर पानी मागे
देउसराले
सानो जात

ठूलो जातको
भेद थाहा पाउन
मेरो जात सोधिन
ढाँट्ने कुरै थियन
ढाँटीन पनि
ढाँटेको थाहा पाए
गाउँभरिको कुटाई खानु पर्थ्यो
त्यसैले
म छुइने हुँ भनिदिए
२२
त्यसो भए पानी छोड त
अलग्गै हात थाप्न लगाइन्
चिउँडोनिर राखेर देब्रे हात थापे
खैरो
मैलो
सिल्भरे लोटाले पानी धारो लायर खन्याई दिइन्
कलकल पिय
लोटा देब्रेतिरको पेटीमा
घोप्टो पारेर राखिन्
धन्यवाद दियर उकालो लागे
२२
२० वर्ष अघि सुदुर पश्चिमका गाउँहरूमा
छुईने जातको रूपमा
मैले जेजे भोगे
त्यो अहिले पनि सुदुर पश्चिमका
गाउँ

शहरहरूमा भोगीरहेको छु
दुर्गम गाउँ
होस
वा
शहर
दलितले भोग्ने नियति अहिले पनि यही हो
३५ सय वर्षदेखि भोग्दै आयको यस्तो नियती
कति हजार वर्षसम्म अझै भोग्नु पर्ने हो ?
कहिले सम्म देउसराले
मेरो जात सोधी रहने हुन ?

प्रतिक्रिया