आइतबार, पुष ६, २०८२

भारतमा २० वटा विश्वविद्यालय फर्जि घोषित

नेपालखोज २०८० साउन १८ गते १०:२८

भारतको विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले २० वटा विश्वविद्यालयलाई ‘नक्कली’ घोषित गरेको छ । आयोगले ती विश्वविद्यालयलाई शैक्षिक उपाधि दिने अधिकार नरहेको बताएको छ ।

यसमा राजधानी दिल्लीका मात्र ८ वटा नक्कली विश्वविद्यालय छन् । यस सम्बन्धमा जानकारी दिँदै यूजीसीका सचिव मनिष जोशीले भनेका छन् ( धेरै संस्थाहरूले यूजीसी ऐनको प्रावधान विपरीत डिग्री प्रदान गरिरहेका छन् ।

त्यस्ता विश्वविद्यालयहरूले प्रदान गरेको डिग्री उच्च शिक्षा वा रोजगारीको उद्देश्यका लागि न त मान्यता प्राप्त हुनेछ न मान्य हुनेछ। यी विश्वविद्यालयहरूलाई डिग्री प्रदान गर्ने अधिकार छैन ।

दिल्लीका आठ वटा नक्कली विश्वविद्यालयमा अखिल भारतीय सार्वजनिक और शारीरिक स्वास्थ्य विज्ञान संस्थान, कमर्शियल युनिभर्सिटी लिमिटेड दरियागंज, संयुक्त राष्ट्र विश्वविद्यालय, व्यावसायिक विश्वविद्यालय, एडीआर-सेंट्रिक ज्यूरिडिकल युनिभर्सिटी , भारतीय विज्ञान एवं इन्जिनियरिङ संस्थान, स्व-रोजगार के लिए विश्वकर्मा मुक्त विश्वविद्यालय छन् । यसैगरि यूजीसीले आध्यात्मिक विश्वविद्यालय ९आध्यात्मिक विश्वविद्यालय० लाई पनि फर्जी घोषित गरेको छ ।

प्रतिक्रिया