मणिपुरमा फेरि हिंसा : तीन जनाको मृत्यु, धेरै घर जले
नेपालखोज
२०८० साउन २० गते १३:२५

मणिपुर । मणिपुरबाट फेरि हिंसाको खबर आएको छ । त्यहाँ धेरै घर जलेको र तीन जनाको मृत्यु भएको बताइन्छ । घटना विष्णुपुर जिल्लामा भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।
मृत्यु हुने तीनै जना मेइती समुदायका हुन । यो वर्षको मे महिनामा सुरु भएको जातिय हिंसामा १८० भन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ भने हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
मणिपुरमा मेइती समुदाय र आदिवासी कुकी समुदायबीच तनावको वातावरण छ । कुकी नागरिक समाज समूहका प्रवक्ताले हालै भएका हिंसात्मक घटना टिप्पणी गर्न नसकिने खालको बताएका छन्।
सम्बन्धित








प्रतिक्रिया