मानसरोवरको रहस्य !

भनिन्छ गर्मीमा मानसरोवरको हिउँ पग्लिँदा एक किसिमको आवाज निरन्तर सुनिन्छ । यो आवाज मृदंगको धुन जस्तै भएको भक्तजन बताउँछन् । मानसरोवरमा एकपटक डुबुल्कि मार्दा रुद्रलोक प्राप्त हुने जनविश्वास पनि छ । यो स्थानलाई देवीका ५१ शक्तिपीठहरूमा पनि गणना गरिन्छ। मानसरोवरमा देवी सतीको दाहिने हात खसेकाले यो ताल बनेको जनविश्वास छ । त्यसैले यहाँ पाषाण शिलालाइ उनको रुप मानेर पूजा गरिन्छ ।
मानसरोवर र राक्षस तालले सौर्य र चन्द्र शक्तिको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ, जुन सकारात्मक र नकारात्मक ऊर्जासँग सम्बन्धित छन् । जब हामी यी ताललाई दक्षिणबाट हेर्छौ तब यो स्वस्तिकको प्रतीक जस्तो देखिन्छ । यो अलौकिक स्थानमा प्रकाश र ध्वनिका तरंगहरू मिल्छन्, जसलाई ॐ (ओम) भनिन्छ ।
मानसरोवरमा वरिपरि धेरै विशेष चीजहरू हुन्छन्, जुन आफुले मात्र महसुस गर्न सकिन्छ। यो ताल करिब ३२० किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तालको वरिपरि बिहान २स्३० देखि ३स्४५ सम्ममा धेरै प्रकारका अलौकिक गतिविधिहरू महसुस गर्न सकिन्छ तर देख्न सकिँदैन ।
यो तालको पानी आन्तरिक स्रोतबाट गंगा र ब्रह्मपुत्र नदीमा जाने विश्वास गरिन्छ । पुराणहरु अनुसार भगवान शंकरले प्रकट गरेको पानीको गतिका कारण बनेको तालको नाम मानसरोवर हो । मानसरोवर पर्वतबाट आउने बाटोमा एउटा ताल छ, पुराणमा यो ताललाई ‘क्षीरसागर’ भनिएको छ। क्षीरसागर कैलाशबाट ४० किलोमिटरको दुरीमा छ । यो शैयामा विष्णु र माता लक्ष्मी बस्ने धार्मिक विश्वास छ ।
प्रतिक्रिया