शुक्रबार, वैशाख १२, २०८२

वर्षायाममा बिरामी पर्नबाट बच्न के नखाने ?

नेपालखोज २०८० साउन २४ गते ११:५६

काठमाडाैं । कुनै पनि रोगलाई खानाबाट नियन्त्रण गर्न सकिन्छ । वर्षायाममा खानपानमा विशेष ध्यान दिनु पर्छ भने पानी प्रशस्त पिउनुपर्छ । डाइटमा ड्राई फ्रुट्स समावेश गर्ने ।

केही कुरा छोडनु पनि पर्छ जस्तै :

  • भुटेको खानेकुरा खानु हुँदैन। यसले शरीरमा पित्त बढाउँछ। वर्षामा हाम्रो पाचन पनि सुस्त हुन्छ। त्यसैले यस्ता कुरा पचाउन गाह्रो हुन्छ ।
  • वर्षामा पानीजन्य रोगहरू देखा पर्छन्। सडक छेउमा पाइने भुटेका खानेकुरा खाँदा पखाला लाग्न सक्छ भने डेंगु तथा भाइरल जस्ता रोगहरूको जोखिम हुन सक्छ। त्यसैले स्ट्रीट फूडबाट टाढा रहनुपर्छ ।
  • दुग्धजन्य पदार्थ प्रयोग गर्नुअघि केही कुरामा ध्यान दिनु उपयुक्त हुन्छ । वर्षामा खाना र पेय पदार्थमा ब्याक्टेरिया हुन सक्छ, विशेष गरी दहीमा। यसले पेटको समस्या निम्त्याउँछ। त्यसैले यी दिनमा यस्ता कुरा कम खानुपर्छ ।
  • पालक, मेथी, बेथु , भान्टा, बन्दाकोपि, फुलकोपि जस्ता तरकारीमा वर्षामा कीराहरू देखा पर्छन्।

यसले ब्याक्टेरिया र फंगल संक्रमणको जोखिम बढाउँछ। त्यसैले पनि यो सिजनमा यिनलाई वेवास्ता गर्नुपर्छ ।

प्रतिक्रिया