आइतबार, जेठ ५, २०८२

पाकिस्तानमा पत्रकारको गोली हानी हत्या

नेपालखोज २०८० साउन २४ गते १५:२३

इस्लामावाद । पाकिस्तानमा एक पत्रकारको हत्या भएको छ। अगस्ट ७ तारिखमा गुलाम असगर खाँदलाई प्रेस क्लबबाट घर जाँदै गर्दा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन्।

घटनाबारे तत्काल छानबिन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइजेएफ) र पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टले पत्रकार असगर हत्याको तत्काल छानबिन हुनुपर्ने माग गरेका छन्।

सिन्धी दैनिक सोभसँग आबद्ध असगरमाथि उत्तरी सिन्ध सहर खैरपुरनजिकै आक्रमण गरी हत्या गरिएको बताइएको छ। अहमदुपर इलाकास्थित एउटा गेस्ट हाउसमा बसिरहेका बेला मोटरसाइकलमा आएको अज्ञात व्यक्ति उनीमाथि गोली प्रहार गरेका थिए।

आक्रमणमा परेका असगरलाई नौवटा गोली लागेको थियो। उनलाई तत्काल पिरजो गोठ तालुक अस्पताल लग्दालग्दै मृत्यु भएको थियो। मृत्युअघि खाँदले अवैध गतिविधिबारे समाचार लेखेका थिए । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आईएफजे र पीएफयुजेले हाल घटनाको अनुसन्धान गरिरहेका छन्।

पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टका अध्यक्ष जिएम जमाली र महासचिव राना मोहम्मदले सिन्ध सरकार र प्रहरीसमक्ष हत्यारालाई तत्काल पक्राउन गर्न र मारिएका पत्रकारको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

यस्तै आइजेएफले पाकिस्तानमा पत्रकार र मिडियाकर्मीले प्रत्येक वर्ष अनुचित हत्याको सामना गर्ने बताएको छ। अनुसन्धानमा ढिलाइ र दण्डहीनताका बढ्दा जोखिम बढेको जनाएको छ। –INS

प्रतिक्रिया