शनिबार, पुष ५, २०८२

आसियान मन्त्रीस्तरीय बैठकमा लागुऔषध नियन्त्रण सहकार्यबारे छलफल

नेपालखोज २०८० साउन २७ गते १४:३५

भेन्टियान । लागुऔषध सम्बन्धी मामिलामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को आठौं मन्त्रीस्तरीय बैठक लाओको राजधानी भेन्टियानमा सम्पन्न भएको छ ।

उक्त बैठकमा मूलरूपमा लागुऔषधमुक्त आसियानको अभियानलाई साकार पार्न अवैध लागुऔषध विरुद्धको सहकार्यबारे छलफल भएको छ ।

शुक्रबार लाओका उपप्रधान तथा सार्वजनिक सुरक्षामन्त्री विलाय लखामफोङको अध्यक्षतामा बसेको बैठकमा आसियान सदस्य राष्ट्रहरू र टिमोर-लेस्टेका प्रतिनिधिहरू पर्यवेक्षकका रूपमा उपस्थित रहेको लाओ नेशनल रेडियोले उल्लेख गरेको छ ।

बैठकमा अवैध लागुऔषध विरुद्ध समुदाय सुरक्षित गर्ने आसियान कार्य योजना २०१६ को कार्यान्वयनको प्रगतिका बारेमा पनि छलफल भएको थियो ।

सो अवसरमा यस क्षेत्रको वर्तमान अवैध लागुऔषध अवस्थाबाट उत्पन्न हुनसक्ने चुनौतीहरूको प्रभावलाई सम्बोधन र न्यूनीकरण गर्ने कार्यमा जोड दिँदै संवादलाई बढावा दिँदै र सूचनाको आदानप्रदानलाई सहज बनाउँदै लैजाने कुरामा जोड दिइएको छ ।

बैठकले प्रत्येक आसियन सदस्य राष्ट्रहरूको कानून बमोजिम लागुऔषधमुक्त आसियानलाई साकार पार्ने प्रयासमा लागुऔषध समस्या समाधान गर्न आसियान मन्त्रीहरू बीचको दृढ प्रतिबद्धतालाई पुन: पुष्टि गरेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया