शुक्रबार, वैशाख २६, २०८२

यी हुन् गाँजालाई कानूनी मान्यता दिने देश

नेपालखोज २०८० साउन २८ गते ११:३२

काठमाडाैं । गाँजाको साइड इफेक्टलाई मध्यनजर गर्दै धेरै देशले यसमा प्रतिबन्ध लगाएका छन् । यद्यपिकेहि देश छन् जहाँ यो पूर्ण रूपमा कानूनी छ ।

नेदरल्यान्ड्स- नेदरल्यान्ड्स विश्वको सबैभन्दा विकसित देशहरूमा गनिन्छ । यहाँ गाँजाको उपभोग पूर्णतया कानूनी छ ।

क्यानाडा – क्यानाडामा १८ वर्षभन्दा माथिका मानिसहरूले ३० ग्रामसम्म गाँजा बोक्न सक्छन् । यति मात्र होइन, उनीहरूले चाहेमा घरमा ४ वटासम्म गाँजाको बिरुवा रोप्न सक्छन् ।

उरुग्वे – उरुग्वेमा मनोरञ्जनका लागि तोकिएका स्थानहरूमा गाँजा किन्न र प्रयोग गर्न सकिन्छ ।

दक्षिण अफ्रिका – दक्षिण अफ्रिकाका वयस्कहरूले गाँजा प्रयोग गर्न सक्छन् तर, यसलाई सार्वजनिक स्थानमा खरिद बिक्री र प्रयोग गर्न निषेध छ ।

जमैका – प्रसिद्ध गायक बब मार्लेको देश जमैकामा गाँजा चिकित्सा एवं धार्मिक उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ।

कोस्टारिका – कोस्टारिकामा गाँजा सम्बन्धि केही प्रतिबन्धहरू छन्, तर यदि कसैले त्यहाँ गाँजा सेवन गर्यो भने उ विरुद्ध कुनै कानुनी कारबाही हुँदैन तर यो देशमा गाँजा बेच्न पाइदैेन ।

कोलम्बिया – कोलम्बियामा गाँजा बेच्नु अपराध हो, तर यहाँ व्यक्तिगत प्रयोगका लागि आफ्नो घरमा २० वटा बिरुवा हुर्काउन सकिन्छ ।

स्पेन – क्याटालोनिया, स्पेनमा भएका क्लबहरूमा गाँजा उपभोग गर्न स्वतन्त्रता छ । यहाँ यदि बाहिर गाँजा सेवन गरेको पाइए पनि कुनै सजाय हुँदैन ।

चेक गणतन्त्र – चेक गणतन्त्रमा वयस्कहरूले १५ ग्राम सम्म गाँजाको स्वामित्व राख्नुमा कुनै प्रतिबन्ध छैन ।

बेलीज – बेलीजमा २०१७ देखि १० ग्राम सम्मको गाँजाको स्वामित्वलाइ अपराध मानिदैन । कसैले चाहे यहाँ व्यक्तिगत रूपमा गाँजा रोप्न पनि सक्छ ।

प्रतिक्रिया