शनिबार, असार २१, २०८२

मदन भण्डारी राजमार्ग अवरुद्ध

नेपालखोज २०८० साउन २८ गते १४:१३

कटारी । अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ । ‘वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ’, उनले भने । पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ ।

सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिवासतर्प पठाउन थालिएको छ । यस्तै पश्चिमबाट पूर्वतर्फ आएका सवारीसाधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया