पत्रकारलाई लागि असुरक्षित बन्दै पाकिस्तान, फेरि अर्को हत्या

इस्लामावाद । पाकिस्तानी वरिष्ठ पत्रकार जान मोहम्मद महरको मृत्यु भएको छ। सिन्ध प्रान्तको सुकरमा भएको सांघातिक हमलामा उनलाई अज्ञात व्यक्तिले नजिकैबाट गोली प्रहार गरेका थिए। उ्नको मृत्यु १३ अगस्टमा भएको हो।
हत्याको सत्यतथ्य जाँच गर्न तथा आक्रमणकारीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय पत्रकार संगठन आइएफजेले माग गरेको छ।
आइएफजेका अनुसार पत्रकार तथा कविस टेलिभिजनका सुकर ब्युरो प्रमुख महरलाई अगस्ट १३ को राति कार्यालयबाट घर फर्किने क्रममा गोली प्रहार भएको थियो। अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उहाँ आफ्नो गाडीभित्र रहेको उ्नका सहकर्मीको भनाइ छ।
महरलाई सुरुमा सिभिल अस्पताल लगिएको थियो भने पछि त्यहाँबाट एक निजी अस्पतालमा सारिएको थियो। त्यहीँ उ्नको मृत्यु भएको हो।
सुकर प्रहरीले प्राथमिक सूचना रिपोर्ट (एफआइआर) दर्ता गर्न बाँकी नै छ। सुकरका वरिष्ठ प्रहरी अधिकृत सिंहर मलिकले हत्या जग्गा विवादसँग जोडिएको आरोप लगाए। मलिकका अनुसार अहिले प्रहरीले सहरी क्षेत्रलाई घेरा हाली सिसिटिभी फुटेजको अध्ययन गरिरहेको छ। साथै पाकिस्तान पत्रकार संघले हत्याको कारणबारे अनुसन्धान थालेको छ।
आइएफजेको दक्षिण एसिया प्रेस स्वतन्त्रता रिपोर्ट ०२२–०२३ अनुसार पाकिस्तानमा कम्तीमा १०१ प्रेस अधिकार उल्लंघन भएका छन्। आइजेएफले मई १, २०२२ र अप्रिल ३१ २०२३ को अवधिमा मारिएका पाँच जना पत्रकारको घटना प्रमाणिकरण गरेको छ। यसैगरी ग्रामीण र महानगरीय क्षेत्रमा पत्रकारविरुद्ध थप ३० वटा आक्रमण भएका छन्।
पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टले हत्यारालाई तत्काल पक्राउ गर्न र मृतक महरका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ।
साथै आइएफजे महासचिव एन्थोनी बेलांगरले क्रूर र दुखद हत्यको भत्र्सना गरेको बताएका छन् ।
प्रतिक्रिया