सोमबार, जेठ ६, २०८२

सडक दुर्घटनामा किर्गिस्तानमा ८ जनाको मृत्यु

नेपालखोज २०८० साउन २९ गते १८:२६

किर्गिजस्तान । किर्गिजस्तानमा सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

सोमबार किर्गिज गृह मन्त्रालयको मुख्य सडक सुरक्षा निर्देशनालयले जनाएअनुसार इस्सिक क्षेत्रको टोङ जिल्लाको बिश्केक–बालिक्ची राजमार्गमा अगष्ट १३ को राति सो दुर्घटना भएको हो ।

दुई गाडी एकापसमा ठोक्किदा दुई बालबालिका – डेढ वर्षको र पाँच महिनाको बच्चा सहित आठ जनाको मृत्यु भएको छ।
अन्य ६ जना विभिन्न घाइते अस्पतालमा उपचाररत छन् ।

घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया