शनिबार, पुष ५, २०८२

भारतले आवश्यकताभन्दा बढी कोइला उर्जाको विकास गर्दै

नेपालखोज २०८० साउन ३० गते ५:३५

काठमाडाैं । ग्लोबल एनर्जी मनिटर (GEM) तथा सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (CREA) द्वारा जारी गरिएको नयाँ विश्लेषण अनुसार भारतले कोइलामा आधारित ऊर्जा क्षमताको विकास असमान ढंगले गरिरहेको छ । प्रतिवेदन अनुसार २०२३ को पहिलो पाँच महिनामा करिब ११.५ गिगावाट क्षमताका कोइला पावर परियोजनाहरूलाई अगाडि बढ्न अनुमति दिइएको छ। तथ्याङ्कअनुसार यस अवधिमा करिब ३.९ गिगावाट क्षमताका कोइला आयोजनाको विस्तार स्वीकृत भएको छ ।

यससँगै ७.६ गिगावाट क्षमताका लागि टर्म अफ रेफरेन्स (सन्दर्भको अवधि) जारी गरिएको छ, जसले गर्दा यी आयोजनाहरू अनुमति पाउने दिशामा एक कदम नजिक पुगेका छन् । तथ्याङ्कअनुसार भारतले हाल करिब ६५।३ गिगावाट कोइलामा आधारित विद्युत क्षमता विकास गरिरहेको छ जसमध्ये ३०.४ गिगावाट क्षमता निर्माणाधीन छ । जबकि ३५ गिगावाट क्षमता पूर्व निर्माणको विभिन्न चरणमा छ। यसमध्ये १४।४ गिगावाट क्षमताको अनुमति दिइएको छ ।

११.८ गिगावाट क्षमताको अनुमति दिन बाँकि नै छ, जबकि ८.८ गिगावाट क्षमताका परियोजनाहरू हालसालै घोषणा गरिएको छ । यो डरलाग्दो बृद्धि भए पनि निर्माण भैरहेका आयोजनाहरूमा ८५.६ प्रतिशतले उल्लेखनीय गिरावट आएको छ । जुन २०१४ को २५० गिगावाट बाट ३६ गिगावाट मा झरेको छ ।

ग्लोबल इनर्जी मनिटर ९न्भ्ः० का अनुसन्धान विश्लेषक फ्लोरा च्याम्पेनोइस भन्छिन् – वर्ष २०२३ मा कोइला परियोजनाहरू स्वीकृत गर्न भारतले जति हतार गरिरहेको छ यसले उसको ऊर्जा संक्रमण रणनीतिमा आएको परिवर्तनलाई प्रतिनिधित्व गर्दछ । उनका अनुसार, प्रदूषणकारी, महँगो र अप्रचलित ऊर्जाबाट टाढा जान विश्वव्यापी प्रवृत्तिलाई ध्यानमा राख्दै गत वर्ष भारतले नयाँ कोइला पावर प्लान्टलाई स्वीकृति दिएको थिएन ।

प्रतिक्रिया