‘अन्तरराष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ’

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरराष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।
भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा रुसी राष्ट्रपतिले अन्तरराष्ट्रिय जगत्मा प्रभाव र प्रतिष्ठा कमाएको भारतले विश्व मामिलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरेका छन् ।
‘भारतले आर्थिक, वैज्ञानिक, प्राविधिक, सामाजिक र अन्य क्षेत्रमा विश्वव्यापी रूपमा मान्यता एवम् सफलता हासिल गरेको छ, विश्व मञ्चमा सम्मान प्राप्त भारतले साझा चासोका वैश्विक मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नसक्छ’, नयाँदिल्लीसँगको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउँदै राष्ट्रपति पुटिनले सन्देशमा भनेका छन् ।








प्रतिक्रिया