प्रदेश सरकारको लगानीमा तीन अस्पताल भवन बन्दै
नेपालखोज
२०८० साउन ३१ गते १६:१८

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ । दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो ।
मुस्ताङ जिल्ला अस्पताल भवन १२ करोड, मनाङ जिल्ला अस्पताल भवन १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत आवमा मुस्ताङको अस्पताल भवनका लागि रु पाँच करोड, मनाङको अस्पताल भवनका लागि रु छ करोड र सरुवा रोग अस्पतालका लागि रु आठ करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया