आँखामा आई ड्रप हाल्दा ख्याल गर्नु पर्ने कुरा के–के ?
नेपालखोज
२०८० भदौ १ गते १२:२२

१. आई ड्रपको टिप सँधै हात र आँखाबाट टाढा हुनु पर्छ । यदि टिपमा ब्याक्टेरिया लाग्यो भने ड्रप बिग्रन्छ र जसकारण संक्रमण तिव्रताका साथ फैलन्छ ।
२. आई ड्रप हाल्दा टाउको जति सक्दो पछाडि तिर लानु पर्छ । आँखा खोल्न कसैको सहयोग लिनसकिन्छ ।
३. आई ड्रप डाक्टरले भनेकै मात्रामा मात्र हाल्नु पर्छ । बढी मात्रामा आई ड्रप हाल्दा संक्रमण छिट्टै निको हुन्छ भनेर सआवश्यकता भन्दा बढि ओैषधि प्रयोग गर्दा आफैलाइ क्षति हुन्छ ।
४. आई ड्रप हाल्नु अगाडि राम्रोसंग साबुन पानीले हात धुनु पर्छ ।
सम्बन्धित
प्रतिक्रिया