यी बलिउड स्टारले आफ्नो करियर साउथ फिल्मबाट सुरु गरेका थिए
नेपालखोज
२०८० भदौ ५ गते १७:५१

काठमाडाैं । आज हामी तपाईलाई हिन्दी सिनेमाका ती चर्चित स्टारहरूसँग परिचय गराउनेछौं जसले साउथका फिल्मबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए ।
सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेकी ऐश्वर्या रायले तमिल फिल्म इरुवरबाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
मिस वर्ल्ड भएपछि प्रियंका चोपडाले सन् २००२ मा साउथ फिल्म इन्डस्ट्रीबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । फिल्म थियो ‘थामिजान’ । अनिल कपुरले तेलुगु फिल्म ‘वामसा वृक्षम’ बाट आफ्नो करियर सुरु गरेका थिए ।
बलिउडमा आउनुअघि दीपिका पादुकोण कन्नड फिल्ममा पनि देखा परेकी थिइन् । उनले सुपरस्टार उपेन्द्रसँग सन् २००६ मा फिल्म ‘ऐश्वर्या’ मा काम गरेकी थिइन् ।
तापसी पन्नुले बलिउडमा डेब्यू गर्नुअघि साउथ इन्डस्ट्रीमा काम गरेकि थिइन्, उनको पहिलो तेलुगु फिल्म ‘झुम्मांडी नादा’ थियो।
सम्बन्धित
प्रतिक्रिया