‘सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरू’ लोकार्पण
नेपालखोज
२०८० भदौ ९ गते १८:२६

काठमाडौं । लेखक डा. डम्बरराज पाण्डेयद्वारा लिखित सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरूको सङ्गालो ‘सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरू’ नामक कृतिको लोकापर्ण गरिएको छ ।
सुदूरपश्चिमका विभिन्न नौवटा शक्तिपीठको सङ्गालो उक्त कृतिको आज यहाँ आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सार्वजनिक गरे ।
पर्यटन व्यवसायी नरेन्द्रदेव भट्टले प्रकाशन गरेको उक्त कृतिमा बैतडीको त्रिपुरासुन्दरीबाट बाजुराको बडिमालिकासम्मका शक्तिपीठ समेटिएको छ ।
पुस्तकमा बैतडीको त्रिपुरासुन्दरी, मेलौली भगवती, निङ्गलासैनी र डिलासैनी तथा डडेल्धुराको उग्रतार, डोटीको शेलेश्वरी, अछामको वरदादेवी, बझाङको सुर्मादेवी र बाजुराको बडिमालिकाको अनुसन्धानात्मक विवरण प्रस्तुत गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया