बिहीबार, वैशाख २५, २०८२

पोखरामा एतिहासिक २६ कुरिया फोटो प्रदर्शनी हुने

नेपालखोज २०८० भदौ १२ गते १६:१४

गण्डकी । पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुने भएको छ ।

नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा यही भदौ १६ गते रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले जानकारी दिए ।

१८औँ शताब्दीको सुरूमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरू ल्याएर पोखरामा बजार सुरुआत गरेको इतिहास छ । त्यही २६ कुरिया अन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् ।

तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र सुरुमा करिब एक सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ ।

प्रतिक्रिया