नेपालखोजमा दिनभरकाे खबर सारांश !
बहुप्रतीक्षित विद्युत् विधेयक– २०८० लाई सरकारले सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो विधेयकलाई पारित गरी सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो ।
६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।
नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन पाँच अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने पाँच दशमलव शून्य पाँच अंकले घटेर एक हजार नौं सय ९३ दशमलव ४२ अंकमा झरेको छ ।
प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई १२ सांसदले प्रश्न गरेका छन् । सरकारको गतिविधि र समसामयिक घटनाक्रमबारे केन्द्रित रहेर १२ सांसदले प्रश्न राखे ।
नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हाे ।
लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन नसकेपछि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।
बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।
काठमाडौं महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ ।
प्रतिक्रिया