शय्या अभाव, भूइँमै राखेर उपचार
नेपालखोज
२०८० भदौ १३ गते १४:२२

फिक्कल (इलाम) । इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ ।
पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भूइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकास्मिक कक्षमा बिरामी आउने गरेको आकास्मिककक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिईन् । उनका अनुसार अस्पताल आउने मध्ये अधिकांश डेङगु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामी छन् ।
अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेका अस्पतालका व्यवस्थापक क्षितित खतिवडाले जानकारी दिए । जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया