आइतबार, असार २२, २०८२

नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

नेपालखोज २०८० भदौ १३ गते २१:५७

काठमाडौं । नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनले हार बेहोरेको छ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हाे ।

मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रन मात्रै बनाउन सक्याे ।

पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा निराशजनक प्रदर्शन गर्‍यो ।
 

प्रतिक्रिया