कविता : अ-धिक्कार
बसन्त बस्नेत
२०८० भदौ १७ गते ९:१५

हे मानिस,
यति चर्को संग अधिकार नमाग तिमी,
मेरा खुट्टाले सुने भने,
दुई खुट्टा संगै हिड्न खोज्लान,
सिपाहीले राइफल पटकाउने बेला,
स्वतन्त्रताको गित गाउन सक्लान,
मागे पनि अधिकार् सुस्तरी माग्ने गर,
मैले पालेका कुखुराले सुन्न सक्छन,
कतै बुझै भने,
त्यि पनि सडकमा आइ,
मेरा विरुद्ध नारा लगाउन सक्छन,
तिमिले दिएको स्वतन्त्रताको गफ,
अरु भन्दा बढी त,
तिम्रो लुगा लाई लागेको छ,
हरेक साल छोटो जो भैराछ ।
सम्बन्धित
प्रतिक्रिया