गीताको यो शिक्षाले जीवन परिवर्तन गर्न सक्छ
नेपालखोज
२०८० भदौ १९ गते ७:३६

कर्ममा ध्यान
गीतामा श्रीकृष्णले भनेका छन् ( मानिसले परिणामको चाहना छोडेर आफ्नो काममा ध्यान दिनुपर्छ, किनभने मानिसले आफ्नो कर्म अनुसार फल प्राप्त गर्छ।
आफ्नो मूल्याङ्कन
गीता अनुसार आफुलाई आफूभन्दा राम्रोसँग कसैले चिन्न सक्दैनन, त्यसैले आफ्नो मूल्याङ्कन गर्नु अति आवश्यक छ ।
क्रोधमा नियन्त्रण
भगवान श्रीकृष्णले गीतामा भनेका छन् – मानिसले कहिल्यै क्रोधलाई हावी हुन दिनु हुँदैन, यदि कोही क्रोधित भए पनि आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।
स्पष्ट दृष्टि
गीताका अनुसार मानिसले कहिल्यै शन्देह वा संशयको स्थितिमा रहनु हुँदैन, किनभने जो शंकाको स्थितिमा रहन्छ उसले कहिल्यै राम्रो गर्न सक्दैन ।
मनमा नियन्त्रण
श्रीकृष्ण भन्नुहुन्छ – हाम्रो मन नै हाम्रो दुःखको वास्तविक कारण हो । आफ्नो मनलाई नियन्त्रण गर्ने व्यक्तिले मनमा उत्पन्न हुने अनावश्यक चिन्ता हटाउन सक्छ।
सम्बन्धित
प्रतिक्रिया