आइतबार, असार २२, २०८२

नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ १९ गते २१:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौं गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन् ।

सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ । दसैं, तिहार र छटलगायत मुख्य चाडपर्वलाई लक्षित संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

 पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ ।

प्रतिक्रिया