शनिबार, पुष ५, २०८२

एलोन मस्ककी छोरी ट्रान्सजेन्डर

नेपालखोज २०८० भदौ २० गते ११:०४

वाशिंगटन (ईएमएस) । टेस्ला कम्पनीका संस्थापक एलोन मस्ककी छोरी ट्रान्सजेन्डर हुन् । यस विषयमा विश्वभर चर्चा चलिरहेको छ ।

एलोन मस्कका जीवनीकारले यो खुलासा गरेका हुन् । उनका अनुसार एलोन मस्ककी छोरीले आफ्नी काकीलाई पठाएको एक म्यासेजमा म ट्रान्सजेन्डर हुँ भनेर लेखिएको थियो । एलोन मस्ककी छोरीको नाम जेना हो।

उनले काकिलाइ यो कुरा आफ्ना बाबालाई नभन्न आग्रह समेत गरेकी छिन् । जेनाले गत वर्ष एलोन मस्कसँगको सम्बन्ध तोडेकी थिइन् । मस्कले स्कूल र विश्वविद्यालयहरूमा मार्क्सवादीहरूको बढ्दो प्रभावलाई जेनासँगको ब्रेकअपको कारण भएको बताएका थिए।

यद्यपि अब यो नयाँ खुलासापछि अर्कै वास्तविकता बाहिर आएको छ ।

प्रतिक्रिया