हेलिकप्टरमार्फत उद्धार गरिएकी कलावतीलाई काठमाडौं रेफर
नेपालखोज
२०८० भदौ २२ गते २१:४२

बैतडी । करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका ६ की ४३ वर्षीया कलावती नाथको काठमाडौंमा उपचार थालिएको छ।
भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइते भएकी कलावतीलाई सोही दिन नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज लगिएको थियो।
नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनले भने,’नेपालगञ्जबाट रेफर गरेर काठमाडौंको कीर्तिपुरमा रहेको वर्न हस्पिटलमा कलावतीको उपचार थालिएको छ। अवस्था सुधारोन्मुख छ भन्ने खबर प्राप्त भएको छ।’
भदौ १८ गते बिहान घाँस काट्न गएकी नाथले विद्युतको हाइटेन्सनमा लाइनलाई छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।
सम्बन्धित
प्रतिक्रिया