अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव
नेपालखोज
२०८० भदौ २४ गते १४:५८

नयाँदिल्ली । सदस्य सङ्ख्याका हिसाबले सम्भवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तर सरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न भएको छ ।
जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुवल) समीक्षा बैठक गर्ने प्रस्ताव गरेका छन्।
आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो ।
सम्बन्धित








प्रतिक्रिया