प्रधानमन्त्री ओलीले मध्यावधी निर्वाचनको घोषणा गर्न सक्ने संकेत
काठमाडौं । करीव दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डलमा रहेका सदस्यहरुलाई कित्ता छुट्याउन भनेका छन् ।
भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएपछि निकै नै विवादमा तानिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो राष्ट्रपति भेटेसँगै छट्पटिदै आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएर आफू विरुद्ध संघर्ष गरिरहेका मन्त्रीहरुलाई कित्ता छुट्याउन भनेका हुन् । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर उनले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको समेत आरोप लगाएका छन् ।
‘पछिल्लो समय नेकपा भित्र भईरहेको भाँडभैलो र निर्वाचनमा आयोगमा नेकपा एमाले दर्ता भए पश्चात नेकपा भित्र आन्तरिक संषर्घ चलिरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग छलफल गरेर नयाँ ढंगले अगाडि बढ्ने तयारी गरिसकेका छन् ।
बाहिर चर्चा भए जस्तो नत ओलीको राजीनामा आउँछ न त उनले नेकपाको अध्यक्ष नै छाड्ने छन् ।
बालुवाटारमा भएको मन्त्रीपरिषद्को वैठकमा मन्त्रीहरुलाई बोलाएर कित्ता ‘क्लियर’ गरेर आफूसँग कुरा गर्न भन्दै कडा शैलीमा उनी प्रस्तुत भएको एक मन्त्रीले नेपालखोजलाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली वैठकमा निकै नै आक्रामक देखिएका थिए ।
आजको मन्त्रीपरिषद्को वैठक पश्चातको अवस्थालाई हेर्ने हो भने सरकार परिवर्तनको संकेत मात्र होइन केही राजनीतिक परिवर्तन नै हुन सक्ने आशंका पनि गरिएको छ । त्यस्तै परिस्थिति आएमा प्रधानमन्त्री ओलीले मध्यावधी निर्वाचनको घोषणा गर्न सक्ने समेत ती मन्त्रीले इंगित गरे ।
प्रतिक्रिया