विदेशमन्त्रीपछि चीनमा रक्षामन्त्री गायब भएको आशंका

बेइजिङ । केही महिनाअघि चिनियाँ विदेशीमन्त्री ली कियाङ गायब भएको खबर आयो । नभन्दै चीन सरकारले उनको स्थानमा वाङ यीलाई विदेशमन्त्री नियुक्त गरेपछि यो पुष्टि पनि भयो।
अहिले फेरि त्यस्तै समाचार आइरहेका छन्। विदेशमन्त्री पनि रक्षामन्त्री ली साङ्फू सार्वजनिक रुपमा केही हप्तादेखि नदेखिएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन्।
जापानका लागि अमेरिकी राजदूत रेहम इमानुएलले चीनमा बढ्दो राजनीतिक उलटपुलटलाई लिएर सामाजिक सञ्चार एक्समा पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘पछिल्लो दुई हप्तायता चिनियाँ रक्षामन्त्री देखिनुभएको छैन। यसअघि चिनियाँ सेनाका रकेट फोर्सका जनरल गायब हुनुभएको थियो ।’
समाचारअनुसार रक्षामन्त्री साङ्फू २९ अगस्ट २०२३ पछि कुनै पनि सार्वजनिकस्थलमा देखिएका छैनन् । उनीमाथि २०१७ मा भएको भ्रष्टाचारसम्बन्धी छानबिन चलिरहेको थियो । अन्तिमपटक उनले चीन–अफ्रिका शान्ति तथा सुरक्षा मञ्चलाई सम्बोधन गरेका थिए । यसअघि साङ्फू सुरक्षा मञ्च (सेक्योरिटी फोरम) मा सहभागी हुन रुस गएका थिए ।
त्यतिबेला सांफूले चीनलाई घेरा हाल्न ताइवानलाई प्रयोग गरेको भन्दै अमेरिकाको आलोचना गरेका थिए । ताइवानलाई प्रयोग गरी अमेरिका आगोसँग खेलिरहेको उनको टिप्पणी थियो।
सेनामा एकता राख्न राष्ट्रपति सीको निर्देशन
रक्षामन्त्री गायब भएकै बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको सेनामा एकता र स्थिरता कायम राख्न निर्देशन दिएका छन् । त्यस्तै, युद्धका लागि पनि सेनालाई तयारी अवस्थामा बस्न सीको निर्देशन छ।
रक्षामन्त्री साङ्फू सैन्य परिवारको व्यक्ति हुन् । सन् १९३० र १९४० का बेला जापानविरुद्ध लडाइँ लडेका साङ्फूका पिता ली साओजू रेड आर्मी अधिकृत थिए । उनलाई गृहयुद्ध र त्यसपछि भएको कोरियाली युद्धमा लजिस्टिक रेलवे पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निभाउने व्यक्तिका रुपमा चिनिन्छ। पछि १९५०–७० को दशकमा तिब्बत र युन्नान सीमावर्ती क्षेत्रमा पिपल्स लिबरेसन आर्मीको रणनीतिक रेलवे बलको इन्जार्च बनाइएको थियो। –INS
प्रतिक्रिया