बुधबार, असार ११, २०८२

नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा 

नेपालखोज २०८० भदौ २६ गते १९:०३

काठमाडौं । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया