पोर्चुगलमा बग्यो वाइनको नदी

पोर्चुगलको एउटा गाउँको डिस्टिलरीमा भएको दुर्घटनाले पूरै गाउँमा मदिराको खोला बगेको छ । यश क्रममा त्यहाँ कुनै बेला २२ लाख लिटर मदिरा बगिरहेको थियो । यद्यपी यो दुर्घटनामा कोही पनि घाइते भएका छैनन् ।
ट्याङ्कर विस्फोट
यो दुर्घटना साओ लोरेन्जो डे बैरो गाउँमा भएको हो । रक्सी बोकेका दुईवटा ट्याङ्कीमा विस्फोट भए पछि त्यसमा भएको वाइन सडकमा छताछुल्ल भएको हो ।
राजधानी लिस्बनबाट करिब १४० किलोमिटर उत्तरमा रहेको यो गाउँमा पहिले एउटा ट्याङ्करको ढक्कन खुल्यो र उक्त ट्याङ्कर दोस्रो ट्याङ्कर सँग जुध्न पुग्यो ।
दुर्घटनापछि डिस्टिलरीले माफी माग्दै आकस्मिक सेवाका कर्मचारीको चासोका कारण अवस्था छिट्टै नियन्त्रणमा आएको बताएको छ । यो घटना एक घण्टाभन्दा बढी समयसम्म चलेको थियो भने स्थानीय बासिन्दाहरु पनि उद्धारमा खटिएका थिए ।
ठुलो क्षति
यो वाइनका कारण स्थानीय नदीमा सङ्क्रमण हुने खतरा थियो तर उद्धार समुहले त्यसो हुनबाट जोगाएको छ । कम्पनीले दुर्घटनाको सम्पूर्ण जिम्मेवारी लिने र क्षतिपूर्ति दिने बताएको छ ।
युरोपका अन्य वाइन उत्पादकहरू जस्तै पोर्चुगलमा पनि वाइनको भन्डार बढि छ। यसको प्रमुख कारण उपभोग र निकासीमा आएको भारी गिरावट हो ।
प्रतिक्रिया