दरबारमार्गको अन्नपूर्ण होटलमा खुल्यो भीटू क्लब

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा अत्याधुनिक ‘भीटू क्लब’ सञ्चालनमा आएको छ । दरबारमार्गको नयाँ परिचय स्थापित गर्ने उद्देश्य सहित खुलेको यो क्लब निकै आकर्षक छ ।
यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ ।
प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरकफरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका सञ्चालक कृष्णकुमार बुढाथोकी बताउँछन् ।
स्वादिष्ट परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य भएको सञ्चालक बुढाथोकीले बताए ।
काठमाडौंको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको छ ।
प्रतिक्रिया