फिटनेस : स्मार्ट घडी वा फिटब्यान्डबाट सर्नसक्छ ब्याक्टेरिया

अहिले युवाहरुमा फिटनेसको जोश छ । धेरै मानिसहरू स्मार्ट घडी वा फिटब्यान्ड लगाएर आफ्नो स्वास्थ्य ट्र्याक राख्छन्। दौडदा होस् वा हिँड्दा, मानिसहरू फिटनेस ट्र्याकरहरू मार्फत आफ्नो स्वास्थ्य ट्र्याक गर्छन् । तर यदि तपाईं पनि हातमा स्मार्ट घडी वा फिटबिट चलाउनुहुन्छ वा लगाउनुहुन्छ भने होसियार हुनुहोस्, किनभने यी स्मार्ट घडीमा खतरनाक ब्याक्टेरिया हुन सक्छन जुन तपाइँको छालाको माध्यमबाट पेटमा प्रवेश गर्न सक्छन र यसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यो कुरा एउटा नयाँ अनुसन्धानले पत्ता लगाएको हो ।
शोधकर्ताहरूले यी एप्पल वाच फिटनेस ट्र्याकरहरूमा E. coli र Staphylococcus spp ब्याक्टेरिया फेला पारेका छन् । यो ब्याक्टेरियाले मानिसको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ ।
नियमित सरसफाइ आवश्यक
ग्लोबल डाइबिटिज कम्युनिटीको वेबसाइटका अनुसार, अनुसन्धानकर्ताहरूले भने छन( फिटबिट्स वा एप्पल वाच प्लास्टिक, रबर, कपडा वा छालाबाट बनेका हुन्छन जसमा अनगिन्ती ब्याक्टेरिया टाँसिन्छन् । अनुसन्धानका लेखक प्रोफेसर न्वाडियोटो एसियोबुले भनेका छन्- जब हामीले फिटबिट्स वा एप्पल वाचमा पाइने ब्याक्टेरियालाई वर्गीकरण गर्यौं, हामीले पत्ता लगायौं कि तिनमा हजारौं ब्याक्टेरिया पाइन्छ तसर्थ यसको सतहलाई सधैँ सेनिटाइज गर्नुपर्छ। यी अधिकांश ब्याक्टेरियामा मानव प्रतिरक्षा प्रणालीलाई असर गर्ने क्षमता हुन्छ। साथै, तिनले धेरै रोग निम्त्याउन सक्छन । यी चिन्ताहरूलाई ध्यानमा राख्दै नियमित स्वास्थ्य सेवा र सरसफाइको आवश्यकतामा जोड दिनु उपयुक्त हुन्छ ।
फिटनेस ब्यान्ड यसरी सफा गर्ने
जब शोधकर्ताहरूले यी फिटनेस ट्र्याकर स्मार्ट घडीहरूको परीक्षण गरे उनीहरूले ९५ प्रतिशत सम्म खतरनाक ब्याक्टेरिया फेला पारे। ८५ प्रतिशत यन्त्रमा स्ट्याफिलोकोकस एसपीपी ब्याक्टेरिया पाइयो भने ६० प्रतिशत रिस्टब्यान्डमा ई कोलाई ब्याक्टेरिया पाइयो। कपडाबाट बनेको फिटब्यान्डमा सबैभन्दा बढी ब्याक्टेरिया भेटिएको थियो ।
त्यसपछि बढि ब्याक्टेरिया प्लास्टिक फिटब्यान्डमा त्यसपछि रबरको फिटब्यान्डमा, त्यसपछि छालाको फिटब्यान्डमा र सबै भन्दा कम मेटल फिटब्यान्डमा भेटियो।
अन्वेषकहरूले यी फिटब्यान्डहरू सफा गर्ने तरिका पनि पत्ता लगाएका छन् । अन्वेषकहरूका अनुसार ७० प्रतिशतसम्म इथानोल भएको सेनिटाइजरले ९९ प्रतिशत ब्याक्टेरियालाई मार्छ, चाहे फिटब्यान्ड जुनसुकै बस्तुले बनेको होस्। इथानोलले यी ब्याक्टेरियालाई ३० सेकेन्डभित्र मार्छ। एप्पल साइडर भिनेगर पनि यी ब्याक्टेरियालाई मार्न सक्षम हुन्छ तर ब्याक्टेरियालाई मार्न २ मिनेट लाग्छ।
प्रतिक्रिया