कविता : मलामीको चुटकिला
बसन्त बस्नेत
२०८० असोज ३ गते ९:३१

शव गृह भित्र सुतेका,
त्यी यावत शरीरहरू,
बिउँझेर झिलिमिली पोसाक पहिरिएर,
आभूषण लगाउँछन्,
आर्यघाटमा जान,
मुस्कुराउँदै शव वाहनमा चढ्छन्,
हर्ष र उल्लास छरिएको शव वाहन भित्र,
मलामीले चुट्किला, व्यंग्य छर्दै,
आर्यघाट सम्म पुग्छन्,
आर्यघाटमा रतेउली खेल्दै दाउराहरू,
यावत शरीरहरू लाई स्वागत गर्छन्,
दाउराहरू आफ्नै नाचमा मग्न छन्,
ताली बजाउँदै, मुस्कुराउँदै,
जिउँदो लाई व्यंग्य गर्दै,
आगो सँग रतेउली चल्छ,
दाउरा र शरीरहरूको ।
सम्बन्धित
प्रतिक्रिया