रक्षामन्त्री गायब प्रकरणले चीनमा राजनीतिक तरंग
नेपालखोज
२०८० असोज ३ गते १८:१९

काठमाडौं । शासनको तेस्रो कार्यकालमा आफ्नो भव्य दृष्टिकोण सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिन फिङले वफादारहरूलाई शीर्ष स्थानमा राखेका थिए ।
सीको अपेक्षा थियो, ‘वफादारहरूले आफ्नो दृष्टीकोण सहजताका साथ कार्यान्वयन गर्नेछन् ।’
तर एक वर्षको अवधिमै सीको यो अपेक्षामा कठिनाइ देखापरेको छ । आफ्ना विश्वापात्रलेनै प्रश्न उठाउन थालेपछि सीले राजनीतिक तरंगको सामाना गर्नुपरेको छ ।
दुई महिनाको अवधिमा चीनका दुई उच्चपदस्थ मन्त्री र चीनका लागि अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गायब छन् । पूर्व परराष्ट्रमन्त्री छिन क्याङ नाटकीय रुपमा गायब भएको घटनापछि हाल रक्षा मन्त्री ली साङफू गायब छन् । विगत तीन सातादेखि उनी सार्वजनिक वृत्तमा देखा परेका छैनन् ।
सम्बन्धित
प्रतिक्रिया