यु–१९ साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित
नेपालखोज
२०८० असोज ४ गते १९:५३

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएकाे छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो ।
पाकिस्तानको जितमा अलि जफरले ७६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । त्यसअघि पनि नेपालले पाकिस्तानबाट निरन्तर दबाब खेपेको थियो ।
४०औँ मिनेटमा साह जहनको प्रहारमा पुनः जियारथ बाधक बनेका थिए । जितसँगै पाकिस्तानले समूह ‘ए’ मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया