शुक्रबार, पुष ४, २०८२

रहेनन् चर्चित सिरियाली लेखक खलिफा

नेपालखोज २०८० असोज १४ गते २०:४९

दमास्कस । सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ ।

उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अखबारका स्तम्भहरूका विश्व जगतले चिन्ने गर्छ ।

उनलाई अरब विश्वका धेरै शीर्ष साहित्यिक पुरस्कारहरूबाट सम्मानित गरिएको थियो ।

दमास्कसस्थित आफ्नै घरमा शनिबार उनको मृत्यु भएको पत्रकार यारुब अलिसाले पुष्टि गरे । ‘शनिबार हामीले उहाँलाई पटक–पटक फोन गर्दा कुनै प्रतिक्रिया नआएको र त्यसपछि हामी उहाँको घरमा गयौं, हामीले उहाँलाई भेट्दा सोफामा मृत अवस्थामा भेट्टाएका थियौँ ।’

दमास्कसस्थित अब्बासियन अस्पतालका चिकित्सकले उनको मृत्युको कारण हृदयाघात भएको बताएका छन् ।

प्रतिक्रिया