एसियाली खेलको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने
नेपालखोज
२०८० असोज १५ गते १०:५८

हान्झाउ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।
एक महिनाअघि एसिया कप क्रिकेट पहिलाे पटक भारतसँग ओडीआई खेलेकाे नेपालले एसियन गेम्समा भारतसँग पहिलाे पटक टी-२० आई खेल्ने भएकाे हाे ।
भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर क्रिकेट टोली पठाएको छ । यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया