बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको आज बस्दै छ । आज अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाए पछि साेमबारदेखि बैठक सुरू हुन सकेकाे छैन । साेमबारकाे बैठकमा एमालेले अवराेध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए ।
पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियाे । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि बुधबार ४ बजेका लागिसम्म स्थगित गरिएकाे थियाे ।
प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले साेमबारकाे बैठकमा अवरोध गरेको थियाे ।
त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियाे तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नै नभई स्थगित गरिएकाे हाे ।
प्रतिक्रिया